गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार दिउँसो ४ जिल्लाका ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा स्याङ्जाका ४ जना, कास्की र गोरखाका ३/३ जना तथा तनहुँका १ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ८ की २७ वर्षीया महिला, रुपा गाउँपालिकाका ३० वर्षीय पुरुष तथा ४० वर्षीया महिला, गोरखाको गोरखा नगरपालिका वडा नं. ८ का ५२ र ८९ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, स्याङ्जाको वालिङ नगरपालिकाका ३८ र ७७–७७ वर्षीय पुरुष तथा २१ वर्षीया महिला एवं तनहुँका ६७ वर्षीय पुरुष रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ५४८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: