पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु, ७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.२८ का ६० वर्षीय कोरोना संक्रमित महिलाको बिहीबार अपरान्ह १२ः५० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

ती महिलामा बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३१ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यसैगरी पोखरामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. ११ का ४७, ३६–३६ र ३३ वर्षीय पुरुष तथा २८ वर्षीया महिला, वडा नं.१९ का ३३ वर्षीय पुरुष र वडा नं. २६ का ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ६८८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: