
पोखरा । कास्कीको पोखरा महानगरपालिका–४ महेन्द्रपुल स्थित बुद्ध बिशाल बजार भित्र भर्याङको छेउमा पुरुष मृत फेला परेका छन् ।
बिहीबार बिहान अन्दाजी १०ः१५ बजे अन्दाजी ६० वर्षीय भारतीय नागरिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
हालसम्म नाम, थर, वतन नखुलेका ती पुरुष पोखराको महेन्द्रपुल वरपरमा २२/२३ वर्षदेखि कवाडी र कार्टुन संकलन गर्दै आएको बुझिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
