
काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ५१० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ३३ हजार ७७३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ४४ हजार ४०४ कोरोना संक्रमितको थपिएका छन् । यससँगै त्यहाँ कुल संक्रमितको संख्या ९१ लाख ४० हजार ३१२ पुगेको छ ।
हालसम्म त्यहाँ संक्रमणमुक्त हुनेको संख्या ८५ लाख ६१ हजार ४४४ पुगेको छ ।
भारत कोरोना संक्रमणबाट विश्वकै सबैभन्दा धेरै प्रभावित दोस्रो मुलुक हो ।
कमेन्ट गर्नुहोस्
