
झापा । झापामा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको दमक नगरपालिका १ का ४७ वर्षीय चुडामणि भण्डारीले आइतबार साँझ ३८ वर्षीया श्रीमती टीकामायाको हत्या गरेको दमक प्रहरीले जनाएको छ ।
साँझ साढे पाँच बजेतिर कमल गाउँपालिका ६ जीवन चोकस्थित आफ्नो खेतमा गएको समयमा भण्डारीले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट टीकामायाको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि हत्यामा संलग्न भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।
भण्डारी केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए। श्रीमती अर्कैसँग लागेको शंका गर्दै उनले खुकुरी प्रहार गरेको बताइएको छ।
कमेन्ट गर्नुहोस्
