
पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।
गण्डकी मेडिकल कलेज, पोखरामा उपचाररत पोखरा–७ की ७६ वर्षीया महिलाको शुक्रबार बिहान ७ः३० बजे उपचारकै क्रममा मृत्यु भएको हो । ती महिलामा मंसिर ८ गते कोरोना पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४७ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
