
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् ।
उनले कोरोना संक्रमण पुष्टि भएपछि आफु सेल्फ आईसोलेनमा बसेको बताएका छन् ।
गत बुधबारदेखि शरीर दुख्ने समस्या देखिएको जनाकारी दिंदै उनलाई अहिले स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् ।
सन्दीपले स्वास्थ्य हुँदै आफु चाडै मैदान फर्कने बताएका छन् ।
कमेन्ट गर्नुहोस्
