कास्कीका ९० सहित गण्डकी प्रदेशमा थप १५५ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ९० जना सहित गण्डकी प्रदेशमा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार दिउँसो प्रदेशका ९ वटा जिल्लाका १५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ९० जना, लमजुङका २२ जना, तनहुँका २१ जना, गोरखाका १० जना, बाग्लुङका ४ जना, स्याङ्जाका ३ जना, पर्वत र मुस्ताङका २/२ जना तथा म्याग्दीका १ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ४५, ४४ र ५६ वर्षीय पुरुष तथा ५१ र २७ वर्षीया महिला, वडा नं.२ का ३६ वर्षीय पुरुष तथा २९ र ३६ वर्षीया महिला, वडा नं.४ का ५२ र २९ वर्षीय पुरुष, वडा नं. ५ का १७, ४६ र ४७ वर्षीय पुरुष तथा ३८, २७ र ४४ वर्षीया महिला, वडा नं. ६ का ११ वर्षीया महिला, वडा नं. ७ का १६ र ४३ वर्षीय पुरुष तथा २८, ४६, १९ र ३० वर्षीया महिला, वडा नं.८ का ५९, ३४, ३७, १७–१७ र ८० वर्षीय पुरुष तथा ५१, २९, ६८, ६२, १४, ४२ र ६४ वर्षीया महिला, वडा नं. ९ का २३ र ५५ वर्षीय पुरुष, वडा नं.१० का ६४ र २६ वर्षीय पुरुष, वडा नं. ११ का ७५ र १७ वर्षीय पुरुष तथा ६८, ३५, ४२ र ४७ वर्षीया महिला, वडा नं.१२ का ४६, ६३, ६६, २१, ४६ र ३१ वर्षीय पुरुष तथा ४३ वर्षीया महिला, वडा नं. १३ का २०, ४३ र २६ वर्षीया महिला, वडा नं.१४ का २३ वर्षीय पुरुष तथा ४८,२३ र ५० वर्षीया महिला, वडा नं.१५ का ३३ र ३४ वर्षीय पुरुष तथा ५८, ७२ र ६१ वर्षीया महिला, वडा नं. १६ का २४ र ७८ वर्षीया महिला, वडा नं.१७ का ३४, ५४, ४१ र ४४ वर्षीय पुरुष तथा २८, ४९, ३३, ४४, २६, ३७ र २९ वर्षीया महिला, वडा नं. १८ का ३० वर्षीय पुरुष, वडा नं.१९ का ४० वर्षीय पुरुष तथा १३ र १५ वर्षीया बालिका, वडा नं. २५ का ३३ वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, वडा नं. २६ का १७, ३० र ४३ वर्षीय पुरुष, वडा नं. ३० की ४५ वर्षीया महिला, वडा नं. ३२ का ७१ वर्षीय पुरुष र वडा नखुलेका ३८ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै लमजुङको राइनास वडा नं.५ का ३४, ३६ र २४ वर्षीय पुरुष, मध्यनेपाल वडा नं.६ का ७५ वर्षीय पुरुष, वडा नखुलेका २५, ५४, ४२, २८, ३०, ३१, ५० र ५२ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, सुन्दरबजारका ५३, १४, ३८, ६०, १८ र २१ वर्षीय पुरुष तथा १८, ३८ र ४५ वर्षीया महिला, तनहुँको व्यास वडा नं. १ की २१ वर्षीया महिला, वडा नं.२ का ३९ वर्षीय पुरुष तथा ३४ र ४२ वर्षीया महिला, वडा नं. ९ का ८० वर्षीय पुरुष, भिमाद वडा नं. ३ की ३० वर्षीया महिला, वडा नं. ४ की २९ वर्षीया महिला, वडा नं. ५ का ३५ वर्षीय पुरुष, वडा नं. ६ का १६, ३६ र ७० वर्षीय पुरुष तथा २५ र २७ वर्षीया महिला, वडा नं. ७ का १२ र ५० वर्षीय पुरुष तथा ५३, २१ र १९ वर्षीया महिला, देवघाट वडा नं. १ की ४७ वर्षीया महिला, घिरिङ वडा नं. १ की २९ वर्षीया महिला, म्याग्दे वडा नं. २ का ५५ वर्षीय पुरुष, गोरखाको अजिरकोट वडा नं. ३ का २४, २६, ३२, २२, २५ र २६ का पुरुष, पालिका नखुलेका ५४, ३२, २८ र ५३ वर्षीय पुरुष, बाग्लुङको जैमिनी वडा नं.१ का २७ वर्षीय पुरुष, काठेखोला वडा नं. ६ का १३ वर्षीय बालक तथा ५२ वर्षीया महिला, पालिका नखुलेका १४ वर्षीय बालक, स्याङ्जाको पुतलीबजार वडा नं. २ का ६१ वर्षीय पुरुष, वालिङका ५४ वर्षीय पुरुष तथा २८ वर्षीया महिला, पर्वतको कुश्मा वडा नं. २१ का ३७ वर्षीय पुरुष पैंयु वडा नं. ७ का ३३ वर्षीय पुरुष, मुस्ताङको पालिका नखुलेका ६ वर्षीय बालक सहित ४२ वर्षीय पुरुष, एवं म्याग्दीको बेनी वडा नं. ३ का ७५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ८४१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: