
स्याङ्जा । गोठमा लागेको आगो निभाउने क्रममा स्याङ्जामा एक दम्पती जलेर गम्भीर घाइते भएका छन् ।
जिल्लाको हरीनास गाउँपालिका–७ बुग्दीखोलाका ३६ वर्षीय टोप बहादुर विकको ढुंगा माटोले बनेको, खरले छाएको कच्ची गोठमा आइतबार राती अन्दाजी १० बजे अचानक आगलागी भएको थियो । उक्त आगो निभाउने क्रममा टोप बहादुर र उनकी ३५ वर्षीया श्रीमती सिता विक जलेर घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार घाइते दुबैलाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ । उनीहरु दुबैको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।
आगलागीबाट गोठ पुर्ण रुपमा जलि नष्ट भएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
