कोरोनाः गण्डकीमा सोमबार थप ९१ जनामा संक्रमण, ५ को मृत्यु, १६२ संक्रमणमुक्त

Share:

पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ८ वटा जिल्लाका ९१ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै ४५ जना रहेका छन् । जसमध्ये पोखरा महानगरका मात्रै ४२ जना छन् भने रुपा गाउँपालिकाका २ जना र अन्नपूर्ण गाउँपालिकाका १ जना हुन् ।

यस्तै गोरखाका १२ जना, म्याग्दीका १० जना, बाग्लुङका ८ जना, स्याङ्जाका ७ जना, नवलपुरका ४ जना, मुस्ताङका ३ जना र तनहुँका २ जना रहेका छन्।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५८ पुगेको छ ।

यस्तै सोमबार गण्डकीमा थप ५ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरका मात्रै दुई पुरुष र दुई महिला गरी ४ जना र एक जना स्याङ्जाका पुरुष रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशभरबाट १६२ जना संक्रमणमुक्त भएका छन् । यो सहित गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ हजार ७२ पुगेको छ।

हाल प्रदेशमा ४ हजार ८२७ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा २७५ परिक्षण भएको र हालसम्म १ लाख ८ हजार ९६० परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: