
पोखरा । देशभरको मौसम आज (मंगलबार) सामान्यतया सफा रहनेछ ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान देशभरको मौसम सामान्यतया सफा रहेको छ।
मंगलबार दिउँसो पनि देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
राति भने गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
देशभरका तराई क्षेत्रमा बिहान लागेको हुस्सु तथा कुहिरो बिस्तारै हट्दै जाने बताइएको छ।
कमेन्ट गर्नुहोस्
