गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. ६ की ७५ वर्षीया महिलाको मंसिर १२ गते शुक्रबार राति ८ः३० बजे मृत्यु भएको हो । ती महिलामा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: