कास्कीका ९४ सहित गण्डकीमा थप १२२ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार हालसम्म जारी गरेको विज्ञप्ति अनुसार ८ वटा जिल्लाका १२२ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै ९४ जना रहेका छन् । जसमध्ये पोखरा महानगरपालिकाका ८७ जना छन् भने मादी गाउँपालिकाका ७ जना रहेका हुन् ।

यस्तै नवलपुरका ११ जना, तनहुँका ७ जना, स्याङ्जाका ४ जना, बाग्लुङका ३ जना, तथा गोरखा, म्याग्दी र पर्वतका १/१ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.२ का १९ वर्षीया महिला, वडा नं.४ की २० वर्षीया महिला, वडा नं.५ का ४४, २८ र ६३ वर्षीय पुरुष तथा ५२ र १८ वर्षीया महिला, वडा नं.६ का १९ वर्षीय पुरुष तथा ४७ वर्षीया महिला, वडा नं.७ का २१ र ३३ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, वडा नं.८ का २४, ६८ र ४० वर्षीय पुरुष तथा ३४ र ३८ वर्षीया महिला, वडा नं.९ का ३४ र ३१ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, वडा नं.१० का ७५, ८०, ७७, ४०, ४९ र ३३ वर्षीय पुरुष तथा २२, ४३ र ६७ वर्षीया महिला, वडा नं.११ का ४७ वर्षीय पुरुष तथा ५०, ३५ र ७२ वर्षीया महिला, वडा नं.१२ का ५६ वर्षीय पुरुष तथा ५६ वर्षीया महिला, वडा नं.१३ का ४६, ३२ र ३३ वर्षीय पुरुष तथा ३३–३३ र २२ वर्षीया महिला, वडा नं.१४ का ३६, ५० र ५३ वर्षीय पुरुष तथा २४, ३२ र ४२ वर्षीया महिला, वडा नं.१५ का ४८ वर्षीय पुरुष, वडा नं.१६ का ४५, २७ १६ र ५८ वर्षीय पुरुष तथा ४३ र ४५ वर्षीया महिला, वडा नं.१७ का ३९, ६३, २४ र २८ वर्षीय पुरुष तथा १९, ३४ र ४९ वर्षीया महिला, वडा नं.१८ का २६ र २९ वर्षीय पुरुष, वडा नं.१९ का ३२, ३४ र ३६ वर्षीय पुरुष, वडा नं.२१ का ४३ वर्षीय पुरुष, वडा नं.२५ का २० वर्षीय पुरुष, वडा नं.५२ वर्षीया महिला, वडा नं.३२ का ४९ वर्षीय पुरुष, वडा नं.३३ का ४८ वर्षीय पुरुष, मादी गाउँपालिका वडा नं.४ का ७७ वर्षीय पुरुष वडा नखुलेका २६, ४२ र २९ वर्षीय पुरुष तथा १८ महिनाकी बालिका सहित ४६ र २४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा ६८, ५० र ४५ वर्षीय पुरुष, चरक मेमोरियल अस्पतालमा ४४ वर्षीय पुरुष तथा २१ वर्षीया महिला, कास्की सेवा अस्पतालमा २१ वर्षीया महिला, फेवासिटी अस्पतालमा २० वर्षीया महिला, साहारा अस्पतालमा २२ वर्षीय पुरुष, मिलिटरी अस्पतालमा ३० र २४ वर्षीय पुरुष, गण्डकी मेडिकल कलेजमा ७५, ५०, ३९, ४१ र ४४ वर्षीय पुरुष तथा ६० वर्षीया महिलामाकोरोना संक्रमण भएको छ ।

यसैगरी नवलपुरको गैंडाकोट वडा नं. १ का ७७ वर्षीय पुरुष, वडा नं.२ का ४२ वर्षीय पुरुष तथा ४९ वर्षीया महिला, वडा नं.४ की २४ वर्षीया महिला, वडा नं.५ की २३ वर्षीया महिला, वडा नं.७ का ७१ वर्षीय पुरुष, वडा नं.१३ का ३० वर्षीय पुरुष, मध्यविन्दु वडा नं.२ का ४३ वर्षीय पुरुष, कावासोती वडा नं.३ का ४७ वर्षीय पुरुष, वडा नं.८ का ३१ वर्षीय पुरुष, वडा नं.१४ का ३८ वर्षीय पुरुष, तनहुँको व्यास वडा नं.१ की ३० वर्षीया महिला, वडा नं.२ की १९ वर्षीया महिला, वडा नं.४ का २६ वर्षीय पुरुष, भानु वडा नं.५ का १ वर्षीय बालक, भिमाद वडा नं.१ का ११ वर्षीय बालक, आँबुखैरेनी वडा नं.३ का २७ र ३३ वर्षीय पुरुष, स्याङ्जाको अर्जुनचौपारी वडा नं.४ का १२ वर्षीय बालक, वालिङ वडा नं.८ का ६८ वर्षीय पुरुष, पुतलीबजार वडा नं.१ की ६५ वर्षीया महिला, वडा नं.३ का ४५ वर्षीय पुरुष, बाग्लुङको जैमिनीका ५५ र २७ वर्षीय पुरुष, काठेखोलाका ३४ वर्षीय पुरुष, गोरखाको गोरखा नगरपालिका वडा नं. ५ का ६७ वर्षीय पुरुष, पर्वत पैंयू वडा नं.२ की २९ वर्षीया महिला एवं म्याग्दीकी ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार १८० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: