नवलपुरमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु, २ गम्भीर घाइते

Share:

नवलपुर। नवलपुरमा मंगलबार (आज) दिउँसो स्कुल बसले मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको मध्यबिन्दु नगरपालिका–९ बसन्तपुरको भित्री सडकमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको थुम्कीदेवी बोर्डिङ स्कुलको ग १ क २४८३ नं.को बसले विपरित दिशा तर्फ जाँदै गरेको लु २० प २४३७ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार मध्यबिन्दु नगरपालिका–१३ का २६ वर्षीय सन्तबहादुर कुमालको मृत्यु भएको हो ।

कुमालको पुरानो मेडिकल कलेज चितवनमा उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उक्त दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार नवलपुर मध्यबिन्दु नगरपालिका–१३ निवासी ३५ वर्षीय मनु बिक र मध्यबिन्दु १३ कै मोटरसाइकल चालक २६ वर्षीय तुलबहादुर खाम्चा गम्भीर घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: