
पोखरा । निषेधाज्ञा तोडेको आरोपमा तनहुँमा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झन्डै तीन घन्टापछि रिहा गरिएको हो ।
जिल्लाको व्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा पौडेलसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए ।
उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको जनाइएको छ ।
यो पनि पढ्नुहोस्ः
वरिष्ठ नेता पौडेलको धरपकड सरकारको अधिनायवादी र सर्वसत्तावादी चरित्र- कास्की कांग्रेस
कमेन्ट गर्नुहोस्
