
पोखरा । कास्कीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार दिउँसो कास्कीका २ पालिकाका १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाका मात्रै १२ जना र मादी गाउँपालिकाका १ जना रहेका छन् ।
पोखरा महानगरपालिका वडा नं. ४ का ३९ वर्षीय पुरुष, वडा नं. ५ २३ वर्षीय पुरुष, वडा नं.८ की २९ वर्षीया महिला, वडा नं. १० का ५८ र ४० वर्षीया महिला, वडा नं.११ का ६१ वर्षीय पुरुष, वडा नं.१२ का २५ र २९ वर्षीय पुरुष तथा २८ वर्षीया महिला, वडा नं.१४ की ३७ वर्षीया महिला, वडा नं.१६ का ४६ र ३४ वर्षीय पुरुष तथा मादी गाउँपालिका वडा नं.१ का ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार ४७९ पुगेको छ ।
