राप्रपा नेपालद्वारा समयमै संविधान दिन नसकेका नेताहरुको पुत्ला दहन

Share:

रञ्जन अधिकारी पोखरा, ९ माघ /दलहरुले संविधान जारी गर्ने प्रतिवद्धता जनाएको अन्तिम दिन माघ ८ । चुनावी प्रतिबद्धता र दोस्रो संविधानसभाको कार्यतालिकाअनुरुप भएको भए राष्ट्रपतिले हस्ताÔर गरी संघीय गणतन्त्र नेपालको नया“ संविधान जारी हुनुपर्ने दिन थियो । यो दिनलाई उत्सवका रुपमा इतिहासमा सुरÔित गरिन्थ्यो । तर, संविधान जारी हुन सकेन । सत्तारुढ र विपÔी दलहरुबीच तीब्र विवाद बढ्दा यो एक वर्ष सहमतिको नाममा आरोप–प्रत्यारोपमै बित्यो । ठूला दलका ठूला भनिएका नेताहरु राष्ट्र र जिम्मेवार बन्न नसक्दा देशले संविधान पाएन । दलहरुको जिम्मेवारीपन नहुँदा संविधानतः दोस्रो संविधानसभाको ४ वर्षे म्याद नै कटाउने लक्ष्यमा दलहरु देखिन्छन् ।

पटक पटक म्याद थपेर पहिलो संविधानसभाको ४ वर्षमा ६ अर्ब स्वाहा बनाएका दलहरु यो एक वर्षमा फेरि ४० करोड राज्यकोषबाट लिईसकेका छन् । जनआन्दोलनको उपलब्धि संस्थागत गर्न दलहरु जिम्मेवार बन्न नसक्दा जनतामा आक्रोश बढिरहँदा संविधानसभाका विरोधी पक्षहरु थप सक्रिय बनेका छन् । दलहरुकै गैरजिम्मेवारीका कारण दोस्रो संविधानसम्ममा आईपुग्दा राप्रपा नेपाल जनताको मत जित्दै चौथो दल बन्यो । जनहित मुद्धाकै कारण हौसिएको राप्रपा नेपाल फेरि सडमा ओर्लिएको छ । अब संविधानसभाको औचित्य सकेको र मुख्य दलहरु असफल भएकाले मुख्य विषयहरु हिन्दु राष्ट्र, राजतन्त्र र संघीयताका विषयहरुमा जनमत संग्रह गर्नुपर्ने राप्रपा नेपालले माग गरेको छ ।

प्रमुख दलहरुले निर्धारित मितिमा संविधान दिन नसकेको विरोधमा राप्रपा नेपालले शुक्रबार राजधानी सहित देशभर प्रदर्शन ग¥यो । राप्रपा नेपाल कास्कीले पनि पोखरामा प्रदर्शन ग¥यो । नयाँबजार स्थित पार्टी कार्यालयबाट निस्केको विरोध जुलुस नाराबाजी सहित सिर्जनाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।संविधान निर्माण गर्न असफल ठुला दलका नेताहरुको पुत्ला दहन पनि गरिएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ्ले दलहरु जिम्मेवार नबन्दा नेपाल आमा रोईरहेको बताए । ‘राष्ट्रियता संकटमा पर्दै गएको बोला ठुला दलहरुले झन् संकटमा पार्दै गएका छन्’ – उनले भने– ‘विवादित विषयमा जनमत लिएर टुंगोमा पुग्नुको विकल्प छैन ।’

संविधान नबनेसम्म राप्रपा नेपालले आफ्ना विरोधका कार्यक्रमहरु निरन्तर राख्ने बताउँदै गुरुङ्ले हिन्दु राष्ट्र सहितको संविधान आजको आवश्यकता भएको बताए । हिन्दु राष्ट्र कायम नभएसम्म राप्रपा नेपालको यात्रा नरोकिने बताउँदै उनले ठुला पार्टीले सनातन धर्मलाई मास्न लागेको आरोप लगाए ।

कार्यक्रममा राप्रपा नेपाल कास्की जिल्ला अध्यक्ष जयलाल पुनले देश चरम भ्रष्टाचारमा डुबेको बताउँदै राजनीतिक दलका नेताहरु संविधान निर्माण भन्दा पनि सत्ता, कमिसन र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । देशलाई बचाउन राप्रपा नेपालले जस्तोसुकै योगदान दिन तत्पर रहेको बताउँदै उनले राप्रपा नेपालको कार्यक्रमहरुलाई ठट्टाको विषय नबनाउन चेतावनी दिए । सो अवसरमा राप्रपा नेपालका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ, प्रेम मल्ल तथा पार्टी सचिव अर्जुनबहादु बस्नेत लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

Photo: Surya Bastola

कमेन्ट गर्नुहोस्
Share: