कास्कीका २४ सहित गण्डकीमा थप २७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका २४ सहित गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ४ वटा जिल्लाका २७ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका २४ जना तथा स्याङ्जा, लमजुङ र तनहुँका एक/एक जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का २६ वर्षीय पुरुष तथा ५२ वर्षीया महिला, वडा नं.४ का २९ र ६४ वर्षीय पुरुष, वडा नं.६ का ३६ वर्षीय पुरुष, वडा नं.८ का ४० वर्षीय पुरुष तथा ४ र १२ वर्षीया बालिका सहित ८२, ४२, ८८ र २३ वर्षीया महिला, वडा नं.९ का ४२ र ३३ वर्षीय पुरुष, वडा नं.१० की ३९ वर्षीया महिला, वडा नं.१२ की ३६ वर्षीया महिला, वडा नं.१३ का ५१ वर्षीय पुरुष, वडा नं.१४ का ३८–३८ वर्षीय पुरुष, वडा नं.१७ का २४, २८, २१ र ४३ वर्षीया महिला तथा वडा नं.२६ की २८ वर्षीया महिलामा कोरोना संक्रमण भएको हो ।

यस्तै, स्याङ्जाको चापाकोट वडा नं.६ का ३१ वर्षीय पुरुष, लमजुङको बेशीसहर वडा नं. १० की १८ वर्षीया महिला र तनहुँको व्यास वडा नं. ८ का ५८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कारोना संक्रमित हुनेको संख्या १२ हजार ६२५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: