
रञ्जन अधिकारी ९ माघ / नामिबियामा जारी आइसीसी वल्र्ड डिभिजन दुई अन्तर्गत आÇनो अििन्तम खेलमा केन्यास“ग पराजित भएपछि डिभिजन एकमा पुग्ने नेपालको सपना चकनाचुर भएको छ । यसले अन्तरमहादेशीय कप र विश्व लिग क्रिकेट च्याम्पियनशीप खेल्ने नेपालको चाहना पूरा हुन सकेन।
पहिलो खेलमा युगान्डास“ग पराजित भएको नेपाल त्यसपछि लगातार तीन खेलमा बलियो टीम नेदरल्याण्ड, क्यानडा र नामिबियालाई हराउ“दै डिभिजन वानको नजिक पुगिसकेको थियो । अन्तिम दिनको खेल अगाडी नेपाल र नामिबियाको समान ६ अंक थियो । नेदरल्यान्ड्स र क्यानाडाको ४–४ अंक थियो । नेपाल र केन्याको खेल समयमा नेदरल्याण्डले युगाण्डाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै डिभिजन वानका लागि दावेदारी प्रस्तुत गर्यो । नामिबियाले शुक्रबार क्यानाडालाई ८ विकेटले पराजित ग¥यो । नेदरल्याण्डले युगाण्डालाई ७९ रनमा अल आउट गर्यो भने ६.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टाउँदा नेपालसँग समान ६ अंक मात्र बनाएन, रन रेटमा नेदरल्याण्डले राम्रो सुधार गर्यो । त्यसले नेपाललाई केन्याविरुद्धको योे खेल जित्नै पर्ने दबाव रह्यो । केन्यालाई हराउनैपर्ने बाध्यता नेपाललाई परेपनि ५ विकेटले पराजय ब्यहोर्नुपर्यो।
यद्यपी, नेपाल डिभिजन दुई मा भने रहिरहने छ । नेपालले हराएको नामिविया र नेदरल्याण्ड पहिलो र दोस्रो स्थानमा रहँदै फाईनल पुग्दा केन्याले आफूलाई रेलिगेशनबाट जोगाएको छ । क्यानडा र युगाण्डा डिभिजन तीन मा झरेका छन् । नेपालले शनिबार केन्यासँग तेस्रो स्थानको प्लेअफ खेल्नेछ ।
जीतका लागि १ सय ९५ रनको विजय लक्ष्य पछयाएको केन्याले ३५ ओभर खेल्दै ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । उसका लागि इरफान करिमले सर्वाधिक रन जोड्ने क्रममा अविजित ७५ रन जोडेका थिए । यस्तै, राकेप पटेलले ५६ रन र एलेक्स ओबान्डाले ४५ रन जोडेका थिए । नेपालको लागि करण केसी, बसन्त रेग्मी र सागर पुनले समान १–१ विकेट हात पारेका थिए ।
नेपालले निर्धारित ५० ओभरमा खेलमा १ बल बा“की रह“दा आÇना सबै विकेट गुमाउ“दै १ सय ९४ रन जोड्न सफल भएको थियो । नेपालका लागि टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक रन जोड्ने क्रममा अविजित ९१ रन जोडेका थिए । ज्ञानेन्द्रले लिष्ट ए क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली क्रिकेटरको आÇनै रेकर्ड तोडेका छन् । यो प्रथम श्रेणी क्रिकेटमा कुनै पनि नेपाली ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो । यसअघि ८६ रन उनले नै बनाएका थिए ।
यस्तै, कप्तान पारस खड्काले २० रन, शरद भेष्वाकरले १८ रन, बिनोद भण्डारीले १६ रन, सागर पुनले १२ रन बनाएका थिए । केन्याका लागि ईलिजाह ओटिएनोले ३ विकेट लिए भने लुकास ओलुओचले २ विकेट लिएका थिए । यस्तै, नेहमिया ओडियाम्बो, नेल्सन ओडियाम्बो र जेम्स न्गोचेले समान १–१ विकेट लिएका थिए । तुलनात्मक रुपमा कमजोर माानिएको युगाण्डासँग २ रनले पराजित हुनुनै नेपालको दुर्भाग्य बन्यो । तर नेपाल पुनः डिभिजन थ्रीमा झर्न नपर्दा नेपालले केहि गुमाउन भने परेन । कप्तान पारस खड्का १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने, बसन्त रेग्मी १०० विकेट झार्ने खेलाडी बने भने पहिलो सहभागितामै करण केसीले आफूलाई अब्बल सावित गर्न भ्याए ।
