
पोखरा । सोमबार देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल भारतको झारखण्ड र आसपासमा न्यून चापीय प्रणाली बनेको छ र त्यसको केही प्रभाव नेपालमा पनि परेको छ ।
अहिले बिहान प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
सोमबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै राति प्रदेश १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ ।
बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
