भारतमा ९६ लाख ७६ हजारमा कोरोना पुष्टि, ९१ लाख ३८ हजार संक्रमणमुक्त

Share:

काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७६ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३२ हजार २७२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ९६ लाख ७६ हजार ८०१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९१ लाख ३८ हजार १७१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ पछिल्लो २४ घण्टामा थप ३७४ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ५९० पुगेको छ ।

कोरोना संक्रमणबाट भारत विश्वमै दोस्रो प्रभावित मुलुक हो ।

कमेन्ट गर्नुहोस्
Share: