
रेम बिक/ पोखरा, १० माघ | फागुनको शुरुवातसँगै पोखरामा हुने ‘जंगल फेस्टिभल’को ¥याम्प शो का लागि मोडल छनौट कार्य सकिएको छ । शनिबार भएको पहिलो चरणको अडिसनबाट ¥याम्पमा हिँड्नका लागि ३५ जना मोडलहरु छनौट भएको आयोजक संस्था परिचय नेपालले जानकारी दिएको छ । १५ जना पुरुष र २० जना महिला मोडलहरु ¥याम्पका लागि छनौट भएका हुन् ।
‘छानिएका मोडलहरुलाई माघको २० गतेदेखि प्रशिक्षण दिईनेछ ।’ परिचय नेपालका संस्थापक सोभित बस्यालले भने–‘दश दिनसम्म विभिन्न थिममा मोडलहरुलाई ¥याम्पमा हिँड्न सिकाईने व्यवस्था आयोजकले गरेको छ ।’ शान्ति वन वाटिकामा फागुन १ गतेदेखि एक सातासम्म चल्ने फेस्टिभललाई विग एफएमले प्रस्तुत गरेको हो ।
छानिएका मोडलहरुलाई कोरियोग्राफर अरुण गिरीले प्रशिक्षण दिनेछन् । ‘सामान्य फेशन शो भन्दा जंगल फेस्टिभलमा केहि फरक तरिकाले मोडलहरुलाई प्रस्तुत गर्ने मेरो योजना छ ।’ कोरियोग्राफर गिरीले भने–‘जंगलमै गरिने फेशन शो हेर्दा दर्शकलाई मज्जा लाग्नेछ ।’ अरु फेशन शो भन्दा जंगल फेस्टिभलमा हुने फेशन शो को थिम, ड्रेसअप र प्रस्तुती फरक हुने उनले दाबी गरे ।
त्यस्तै जंगल फेस्टिभलका ‘फेशन शो’ संयोजक सिद्धार्थ पौडेलले पुरुष मोडलहरुलाई पनि आफुहरुले मञ्च प्रदान गरेको बताए । ‘सामान्यतया पोखरामा हुने फेशन शोहरुमा महिला मोडलहरुलाई मात्र ¥याम्पमा हिँडाउने चलन छ ।’ पौडलले भने–‘हामीले पुरुष मोडललाई पनि उनीहरुसँगै हिडाउने भएका हौँ ।’ पोखरामा थुप्रै पुरुष मोडलहरु ¥याम्पमा हिँड्न खोजेपनि अवसर नपाईराखेकोले जंगल फेस्टिभलमा यस्तो व्यवस्था गरिएको उनले बताए ।
शनिबार भएको अडिसनमा ५० जना मोडलहरुले सहभागिता जनाएका थिए । जक्शन डटकमका फोटोग्राफर भुपालकुमार गुरुङ, कोरियोग्राफर अरुण गिरी, सपना गुरुङ र फेस्टिभलका फेसन शो सँयोजक सिद्धार्थ पौडेलको निर्णायक टोलीले अडिसन लिएको थियो ।
फागुनको शुरुवातमै हुने ईभेन्ट ‘जंगल फेस्टिभल’ दोस्रो सँस्करणको हो । आयोजक संस्थाले ईभेन्टलाई सफल बनाउने यतिबेला प्रचारप्रसारलाई तिव्र पारेको छ ।

