
काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ९७ लाख नाघेको छ ।
गत २४ घण्टामा २७ हजार १०७ जनामा कोरोना पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या ९७ लाख ३ हजार ९०८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ९१ लाख ७७ हजार ६४५ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै त्यहाँ गत २४ घण्टामा थप ४०४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४० हजार ९९४ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
