मंगलबार कास्कीका ७३ सहित गण्डकी प्रदेशमा थप १०६ जनामा कोरोना संक्रमण, १ को मृत्यु पुष्टि

Share:

पोखरा । मंगलबार कास्कीका ७३ सहित गण्डकी प्रदेशमा थप १०६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै ७३ जना रहेका छन् । जसमध्ये पोखरा महानगरपालिकाका ७२ जना छन् भने १ जना रुपा गाउँपालिकाका हुन् ।

यस्तै, बाग्लुङ र नवलपुरका ९/९ जना, तनहुँ र स्याङजाका ५/५ जना, लमजुङका ४ जना तथा पर्वतका एक जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कारोना संक्रमितको कुल संख्या १२ हजार ८८० पुगेको छ ।

यसैगरी, गण्डकी प्रदेशमा मंगलबार थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७२ पुगेको छ ।

प्रदेशभरबाट पछिल्लो २४ घण्टामा मात्र ३० जना संक्रमणमुक्त भएका छन्। यससँगै गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या ७ हजार ५०८ पुगेको छ ।

हाल प्रदेशमा ५ हजार २०० सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार २४ घण्टामा अवधिमा प्रदेशभरका प्रयोगशालामा ५६५ जनाको परिक्षण भएको र हालसम्म १ लाख १२ हजार ६८४ जनाको परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: