
पोखरा । गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना पुष्टि भएको छ ।
बुधबार दिउँसो प्रदेशका कास्की र स्याङ्जा गरी दुई वटा जिल्लाका १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ११ जना र स्याङ्जाका एक जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ७५ वर्षीय पुरुष, वडा नं. ३ का ५२ वर्षीय पुरुष तथा २४ र ४५ वर्षीया महिला, वडा नं.५ का ३८ वर्षीय पुरुष, वडा नं. ८ की ८५ वर्षीया महिला, वडा नं.९ का ५० वर्षीय पुरुष, वडा नं.१३ का ५० वर्षीय पुरुष, वडा नं.१४ का २९ वर्षीय पुरुष तथा ६४ वर्षीया महिला, वडा नं.१७ का ४६ वर्षीय पुरुष एवं स्याङ्जाको पुतलीबजार वडा नं. १ का ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ९६५ पुगेको छ ।
