
काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार (आज) आंशिकदेखि सामान्य बदली हुनेछ ।
हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकाले मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
अहिले बिहान प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली भएको छ ।
बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
