पूर्व राजदूत कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन

578
0
Share:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन भएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको बिहीबार बिहान दुई बजे निधन भएको हो । लामा सुगरका रोगी थिए।

गत मंसिर १० गते टेकु अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसपछि सास फेर्न गाह्रो भएपछि शिक्षण अस्पताल भर्ना भएका थिए।

काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा वि.सं. २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए । त्यस्तै २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: