
पोखरा । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुनेछ ।
अहिले पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरबियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले देशभर बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना छ ।
प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।
यस्तै, राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
हिमाली भू–भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश १ को पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
