कास्कीका २१ र तनहुँका थप ५ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना पुष्टि भएको छ ।

शनिबार दिउँसो कास्की र तनहुँ जिल्लाका २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका २१ जना र तनहुँका ५ रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.२ की १९ वर्षीया महिला, वडा नं. ५ का ४० वर्षीय पुरुष तथा २६ वर्षीया महिला, वडा नं.६ का ३३ वर्षीय पुरुष, वडा नं.८ का ३७ वर्षीय पुरुष, वडा नं.९ की २६ वर्षीया महिला, वडा नं.१० की ५६ वर्षीया महिला, वडा नं.११ का ६० वर्षीय पुरुष, वडा नं.१२ का ५० वर्षीय पुरुष तथा ३५ र ४२ वर्षीया महिला, वडा नं.१४ का ३४ वर्षीय पुरुष, वडा नं.१५ का २५ र ६५ वर्षीया महिला, वडा नं.१६ का ४६ वर्षीय पुरुष तथा १८ र २९ वर्षीया महिला, वडा नं.१७ का २६ वर्षीय पुरुष, वडा नं.१९ का ४५ वर्षीय पुरुष र वडा नं.२५ का ६३ वर्षीय पुरुष तथा ५० वर्षीया महिलामा कोरोना संक्रमण भएको छ ।

यस्तै, तनहुँको व्यास नगरपालिका वडा नं.१ का २० वर्षीय पुरुष तथा ३५ वर्षीया महिला, वडा नं.२ की ३४ वर्षीया महिला, वडा नं.५ की ४९ वर्षीया महिला र वडा नं.१३ का ४२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार २४२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: