राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक पौष ४ मा

264
0
Share:

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पौष ४ गते काठमाडौँमा बस्ने भएको छ ।

पार्टीका त्रय अध्यक्षहरूको आज बसेको बैठकले उक्त निर्णय गरेको अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल मार्फत जनकारी दिएका हुन् ।

अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्- “राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले पौष ४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको छ । उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ ।”

कमेन्ट गर्नुहोस्
Share: