सराङ्गकोट सहकारीको १५ औं वार्षिक उत्सवमा ३२ पोइन्ट रगत सङ्कलन

Share:

पोखरा । सराङ्गकोट वहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक उत्सव अवसरमा गरिएको रक्तदान कार्यक्रममा ३२ पोइन्ट रगत सङ्कलन गरिएको छ ।

सो कार्यक्रममा पहिलो रक्तदाता संस्थाका सल्लाहकार राममणि पौडेल र शेयर सदस्य सान्त्वना पराजुलीलाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वार्ड नंः ९ का अध्यक्ष रामराज लामिछानेद्वारा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । साथै उनले सहकारीले सामाजिक आर्थिक रुपमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । पहिलो रक्तदाता दुबैजना एकै परिवारका श्रिमान श्रीमति हुनु महत्वपूर्ण रहेको र रक्तदान परिवारका सदस्यहरुवाट हुनुपर्नेमा रक्तसंचार केन्द्रका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीले बताए ।

२०६२ सालमा स्थापना भएको संस्थाले स्थापना देखि रेडियो सराङ्गकोट सङ्गै वचत तथा ऋणको कारोबार र सदस्यहरुमुखी रचनात्मक कृयाकलापहरु गर्दै कुल ४० करोडको करिव ३५ करोड ऋण लगानी गरिएको सचिव कृष्ण थापाले बताए ।

संस्थाले पौष महिनादेखि सदस्यहरुमुखी छुट तथा सहुलिएतका लागी विभिन्न व्यवसायीक पसलहरुवाट छुट योजना कार्यक्रम गर्न लागिएको पनि सचिज थापाले बताएका छन् । रेडियोको माध्यमबाट समुदायमुखी तथा उत्तरदायित्व मूलक कार्यक्रम प्राथमिकतामा राखिएको छ ।

संस्थाका अध्यक्ष प्रेम वहादुर जि.सी. को सभापतित्वमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्ण प्रसाद वास्तोला, रक्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, मिर्मिरे सहकारी संस्थाका अध्यक्ष लेखनाथ तिवारी, मेडीसिटी हस्पीटल ट्रमा सेन्टरका अध्यक्ष रमेश कुमार थापा, संगम मार्ग टोल विकास संस्थाका अध्यक्ष ढाकाराम लामिछाने, महिला समुह अध्यक्ष ईन्दिरा लामिछाने, जिल्ला प्रहरी कार्यालयका संचार प्रमुख राजेन्द्र पौडेल, कार्यक्रम संयोजक सुरेन्द्र थापा, सल्लाहकार इन्द्रकमल मानन्धर लगायतले आफ्नो धारणा राखेका थिए । अबका दिनहरुमा सहकारीले आधुनिक प्रविधिमैत्रीे सेवा विस्तारमा प्रभावकारी हुने कार्यक्रमलाई महत्व दिने योजना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: