
काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ७ करोड २६ लाख नाघेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो तथ्यांक अनुसार गत २४ घण्टामा थप ५ लाख ३९ हजार २८९ जनामा कोरोना पुष्टि भएसँगै विश्वमा संक्रमितको संख्या ७ करोड २६ लाख ४६ हजार ९६६ पुगेको हो ।
संक्रमित मध्ये विश्वमा ५ करोड ८ लाख ६५ हजार ७८ कोरोना संक्रमित निको भइसकेका छन् ।
यस्तै, गत २४ घण्टामा ७ हजार ६५० संक्रमितको मृत्यु भएको छ । यससँगै विश्वभर हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या १६ लाख १८ हजार ९१३ पुगेको छ ।
हाल विश्वभर २ करोड १ लाख ६२ हजार ९७५ सक्रिय संक्रमित रहेका छन्।
सबैभन्दा धेरै प्रभावित मुलक अमेरिकामा हालसम्म संक्रमतको संख्या एक करोड ६७ लाख ३७ हजार २ सय ६७ पुगेको छ ।
त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६ हजार ४ सय ५९ पुगेको छ भने ९७ लाख २४ हजार ४३९ जना निको भैसकेका छन् ।
