कास्कीका ३५ सहित गण्डकीमा थप ५५ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ३५ सहित गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार हालसम्म जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका ५५ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ३५ जना, लमजुङका १५ जना, बाग्लुङका ४ जना र तनहुँका १ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.२ का २१ वर्षीय पुरुष, वडा नं. ५ का ३१, ३४ र २४ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं.६ का २४ वर्षीय पुरुष तथा १९ वर्षीया महिला, वडा नं.७ का ४६ र ४७ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं.९ का ५५, ४० र ५० वर्षीय पुरुष, वडा नं. १० का १३ वर्षीय बालक सहित २२–२२ र ५७ वर्षीय पुरुष, वडा नं.११ का ३४ वर्षीय पुरुष, वडा नं.१३ का २६ र ४६ वर्षीया महिला, वडा नं.१४ का ६५ वर्षीय पुरुष, वडा नं.१५ का ३६ र १५ वर्षीय पुरुष तथा ५९ वर्षीया महिला, वडा नं.१६ का ६० वर्षीय पुरुष, वडा नं.१७ का ३२ र ४९ वर्षीय पुरुष तथा ३४ वर्षीया महिला, वडा नं.१९ का ६१ वर्षीय पुरुष तथा ७६ वर्षीया महिला, वडा नं.२५ की ४९ वर्षीया महिला, वडा नं.२६ का ३६ वर्षीय पुरुष, वडा नं.२९ की २८ वर्षीया महिला, वडा नं. ३१ का ३० र ६५ वर्षीया महिलामा कोरोना देखिएको छ ।

लमजुङको सुन्दरबजार वडा नं. ८ की २३ वर्षीया महिला, वडा नं.१० की २२ वर्षीया महिला, राइनास वडा नं.४ का ५० वर्षीय पुरुष तथा ३४ वर्षीया महिला, वडा नं.९ की २१ वर्षीया महिला, बेशीसहर वडा नं.२ का ३६ वर्षीय पुरुष, मस्र्याङ्दी वडा नं.३ का ५२ वर्षीय पुरुष तथा ५३–५३ र १८ वर्षीया महिला, वडा नं.६ का ३१ वर्षीय पुरुष, वडा नं.७ की २३ वर्षीया महिला, वडा नं.८ का ३६ र ४० वर्षीया महिला, वडा नं.९ का ६५ वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ वडा नं.२ का ४१ वर्षीय पुरुष, धौलागिरी अस्पताल बाग्लुङमा ४५, २३ र ८५ वर्षीय पुरुष एवं तनहुँको म्याग्दे वडा नं.४ का ७२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ४७६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: