
पोखरा । पोखराका ४६ सहित गण्डकी प्रदेशमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार हालसम्म जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका बाग्लुङ जिल्ला बाहेक १० वटा जिल्लाका ८२ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका ४६ जना, लमजुङका १० जना, तनहुँ र नवलपुरका ७/७ जना, स्याङ्जाका ४ जना, मुस्ताङका ३ जना, गोरखाका २ जना, म्याग्दी, पर्वत र मनाङका एक/एक जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
कास्कीको पोखरा महानगरपालिकाका वडा नं.१ का ३४ र ९४ वर्षीय पुरुष तथा २४ वर्षीया महिला, वडा नं.४ का ६० वर्षीय पुरुष, वडा नं.५ का ४४ वर्षीय पुरुष, वडा नं.६ का १८ वर्षीय पुरुष तथा १८ र ६२ वर्षीया महिला, वडा नं.८ का ३२, ४७ र ५३ वर्षीया महिला, वडा नं.९ का ५६ वर्षीय पुरुष तथा ५४ वर्षीया महिला, वडा नं.१० का ३५ वर्षीय पुरुष तथा ३५ र ३९ वर्षीया महिला, वडा नं.१३ का ४० वर्षीय पुरुष तथा ३० वर्षीया महिला, वडा नं.१४ का २५ र ६१ वर्षीय पुरुष, वडा नं.१५ का ४१ र ४२ वर्षीय पुरुष तथा ३५ वर्षीया महिला, वडा नं.१६ की १५ वर्षीया महिला, वडा नं.१७ का १४ र ६१ वर्षीय पुरुष, वडा नं.१८ का २३ वर्षीय पुरुष, वडा नं.२३ का ४७ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं.२५ की ५२ वर्षीया महिला, वडा नं.२६ का ८–८ वर्षका दुई बालिकासहित ६१, २३, ५९, ३०, २६ र ५१ वर्षीया महिला, वडा नं.२९ का ५ वर्षीय बालकसहित ३२, ३५ र ६१ वर्षीय पुरुष तथा ७८ वर्षीया महिला, वडा नं.३१ का ६८ वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, वडा नं.३२ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
लमजुङको सुन्दबजार वडा नं.४ का २४ वर्षीय पुरुष, पालिका नखुलेका ६४ र ५२ वर्षीय पुरुष, मस्र्याङ्दी वडा नं.६ का ५९ वर्षीय पुरुष, मध्यनेपाल वडा नं.७ का ८ वर्षीया बालिकासहित ३३ वर्षीया महिला, बेशीसहर वडा नं.१ का ५२ वर्षीय पुरुष, वडा नं.७ का २१ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, वडा नं.८ का ६२ वर्षीय पुरुष, तनहुँको भानु वडा नं.९ का ५१ वर्षीय पुरुष, भिमाद वडा नं.३ का २५ वर्षीय पुरुष, वडा नं.५ का ३३ र ७० वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं.६ का ६० र ४६ वर्षीय पुरुष, नवलपुरको बिनयत्रिवेणी वडा नं.१ का ५४ वर्षीय पुरुष, देवचुली वडा नं.११ की ३६ वर्षीया महिला, वडा नं.१३ का ५० वर्षीय पुरुष, कावासोती वडा नं.३ का ४२ वर्षीय पुरुष तथा ३५ वर्षीया महिला, वडा नं.८ का २२ वर्षीय पुरुष, वडा नं.१२ का ६७ वर्षीय पुरुष, स्याङ्जाको वालिङ वडा नं.१ का २२ वर्षीय पुरुष, वडा नं. ६ का ७८ वर्षीय पुरुष, हरिनास वडा नं.२ का ३५ वर्षीय पुरुष, पुतलीबजार वडा नं.११ का ३० वर्षीय पुरुष, मुस्ताङको घरपजोङ वडा नं.४ का १८ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, थासाङ वडा नं.२ का ६३ वर्षीय पुरुष, गोरखाको गोरखा नगरपालिका वडा नं.३ का ६६ वर्षीय पुरुष, वडा नं.७ का ७० वर्षीय पुरुष, म्याग्दीको बेनी वडा नं. १० की ३५ वर्षीया महिला, पर्वतको पालिका नखुलेका ५९ वर्षीय पुरुष एवं मनाङ नासोङका ५८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ६६५ पुगेको छ ।
