
काठमाडौँ । नेपालमा थप ७७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४६८ पुरुष र ३०८ महिला गरी ७७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै २७३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, ललितपुरमा ४९ जना, कास्कीमा ४५ जना, भक्तपुरमा ४१ जना, कैलालीमा ३७ जना, कञ्चनपुरमा ३५ जना, मोरङमा ३४ जना, रुपन्देहीमा २५ जना, बाँकेमा १९ जना, झापामा १५ जना, चितवनमा १४ जना, लमजुङमा १३ जना, सुनसरी र तनहुँमा ११/११ जना, नुवाकोट, रसुवा र सुर्खेतमा १०/१० जनामा कोरोना संक्रमण भएको छ ।
बझाङमा ९ जना, काभ्रे, नवलपरासी पूर्व, नवलपरासी, पाल्पा र बर्दियामा ७/७ जना, धादिङ र अछाममा ६/६ जना, बैतडीमा ५ जना, सिन्धुपाल्चोक, गोरखा, स्याङजा, दाङ र डडेल्धुरामा ४/४ जना, पर्वत, मुस्ताङ, अर्घाखाँची र सल्यानमा ३/३ जना, ताप्लेजुङ, उदयपुर, धुनषा, मकवानपुर, सिन्धुली, कपिलवस्तु, गुल्मी, प्यूठान र रुकुम पश्चिममा २/२ जना, ओखलढुंगा, तेह्रथुम, भोजपुर, संखुवासभा, बारा, महोत्तरी, रौतहट, सिरहा, सर्लाही, दोलखा, रोल्पा, दैलेख र डोटीमा १/१ जनामा पनि कोरोना देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ । यो कुल संक्रमितको ९५.५ प्रतिशत हो ।
हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ । गत २४ घण्टामा मात्र ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा ६ हजार ५८८ परिक्षण भएको छ भने हालसम्म १८ लाख ५५ हजार ७२४ परिक्षण भएको छ ।
