भारतमा थप २६ हजार ७६२ जनामा कोरोना पुष्टि

Share:

पोखरा । छिमेकी मुलुक भारतमा गत २४ घण्टामा थप २६ हजार ७६२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख ७७ हजार ८३४ पुगेको छ ।

संक्रमित मध्ये हालसम्म भारतमा ९५ लाख २० हजार ४४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै ३० हजार ९०१ संक्रमित निको भएका हुन् ।

यस्तै, गत २४ घण्टामा ३४२ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमित मृतक संख्या १ लाख ४४ हजार ८२९ पुगेको छ ।

हाल भारतमा ३ लाख १२ हजार ९६१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी छन् ।

अहिले सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचीमा भारत दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: