शुक्रबार पोखराका ५५ सहित गण्डकीमा थप ७१ जनामा कोरोना पुष्टि, ४३ संक्रमणमुक्त

Share:

पोखरा । शुक्रबार पोखराका ५५ सहित गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ५ वटा जिल्लाका ७१ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ५५ जना, तनहुँका ६ जना, पर्वतका ५ जना, स्याङ्जाका ३ जना र म्याग्दीका एक जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७३६ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा ४३ जना संक्रमणमुक्त भएका छन् । यो सहित गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ११ हजार ९५७ पुगेको छ ।

हाल प्रदेशभर १५९२ सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा ४२३ परिक्षण भएको छ भने हालसम्म १ लाख १६ हजार ४१५ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: