थापाको नेतृत्वमा पर्यटन व्यवसायी महिला संघको नयाँ नेतृत्व

Share:

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को तेस्रो वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा कमला गिरी, महासचिवमा शोभा पाण्डे, सचिवमा प्रभा सुवेदी र कोषाध्यक्षमा शोभा अधिकारी पौडेल रहेका छन् ।

त्यस्तै सदस्यहरूमा पार्वती पौडेल, ईश्वरी पौडेल, कमला गुरुङ, अनिता खड्का (भट्टराई), शान्ता तिमल्सिना (सुवेदी) र सरिता क्षेत्री रहेका छन् ।

यस अघि साधारणसभा एवम् अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोना कहरका कारण समस्यामा परेको पर्यटनलाई जोगाउनु अहिलेको आवश्यकता भएको बताए । व्यवसायलाई दीगो राख्न सरकारले ल्याएको मौद्रिक नीतिको समानुपातिक एवम् प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको उनले बताए । कार्यक्रमका सभापति एवम् टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले दीगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ महिला पर्यटन व्यवसायीहरू संगठित बनेको बताइन् । कोरोनाको कहरले पर्यटन क्षेत्रमा अतुलनीय क्षति पु¥याए पनि आगामी दिनका लागि धेरै पाठहरू सिकाएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल, टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशिलराज पौडेल, पश्चिमाञ्चल होटेल संघका अध्यक्ष विकल तुलाचनले कोरोनाले थलिएको पर्यटनलाई पुनःउत्थान गर्दै अघि बढ्नुपर्ने बताउँदै यसका लागि राज्यको व्यवसायी मैत्री नीति हुनुपर्ने आवश्यकता औंल्याए ।

टेवानका उपाध्यक्ष रेनु थापाले स्वागत र कार्यक्रम महासचिव कमला गिरीले सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: