
तनहुँ । तनहुँको बन्दीपुर–१ डुम्रे बसपार्कबाट लागुऔषध सहित शनिबार एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भानु नगरपालिका ६ मुलपानीका २२ वर्षीय उमेश खड्का रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीले चेकजाँच गर्ने क्रममा खड्काको साथबाट डाईजेपाम, नुरफिर र फेनारगन २० ⁄ २० एम्पुल गरी ६० एम्पुल फेला पारेको हो ।
खड्कालाई उक्त लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
