भारतमा थप १९ हजार १७४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा थप १९ हजार १७४ जनामा कोरोना पुष्टि भएको छ ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार ४२२ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३०२ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४६ हजार १४५ पुगेको छ ।

हालसम्म भारतमा ९६ लाख ३५ हजार ६१४ जना निको भएका छन् । गत २४ घण्टामा ३० हजार २२४ जना संक्रमणमुक्त भएका हुन् ।

हाल भारतमा २ लाख ९३ हजार ६६३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी छन् ।

कमेन्ट गर्नुहोस्
Share: