पोखरामा उपचाररत तनहुँका कोरोना संक्रमित पुरुषको मृत्यु

Share:

पोखरा । पोखरामा उपचाररत तनहुँका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

तनहुँ व्यास नगरपालिका–५ का ६४ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ विज्ञान प्रतिठानमा उपचारका क्रममा सोमबार बेलुका ८ः२० बजे मृत्यु भएको हो । ती पुरुषमा मंसिर २९ गते कोरोना पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: