
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
नयाँ बानेश्वरमा बुधबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो।
बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश गरेका छन् ।
सोही पक्षको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षबाट पनि ओलीलाई निष्काशन गरी माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो।
कमेन्ट गर्नुहोस्
