बुधबार गण्डकी प्रदेशमा थप १२६ जनामा कोरोना पुष्टि, ३८ संक्रमणमुक्त

Share:

पोखरा । बुधबार कास्कीका ७२ सहित गण्डकी प्रदेशमा थप १२६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ६ वटा जिल्लाका १२६ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ७२ जना, लमजुङका १६ जना, बाग्लुङका १४ जना, तनहुँका ११ जना, म्याग्दीका ८ जना र मनाङका ५ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमितमध्ये माछापुच्छ्रे गाउँपालिकाका एक जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार १८५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा प्रदेशभरबाट थप ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित गण्डकीमा कोरोना निको हुनेको संख्या १२ हजार २०४ पुगेको छ ।

हाल प्रदेशमा १ हजार ७९३ सक्रिय संक्रमित छन् ।

हालसम्म प्रदेशभर १८८ संक्रमितको मृत्यु भइसकेको छ ।

निर्देशनालयका अनुसार प्रदेशभरका प्रयोगशामा गत २४ घण्टामा ३४२ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख १८ हजार ४०९ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: