पुस १३ गते मुलुकभर विरोध प्रदर्शन गर्ने कांग्रेसको घोषणा

Share:

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुस १३ गते मुलुकभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद विघटन गर्ने सरकारको कदम अवैध भएको ठहर गर्दै त्यसविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठकअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक समेत बसेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: