
पोखरा । स्याङ्जामा एक बालिका पानीको ट्याङकी भित्र डुबेको अवस्थामा मृत फेला परेकी छन् ।
जिल्लाको फेदीखोला गाउँपालिका–१ सर्केटारी स्थित अर्जुनकुमार गुरुङको घरमा विगत ७ वर्षदेखि बस्दै आएकी १२ वर्षीया बालिका सन्ध्या सारु मगर बिहीबार बिहान घरदेखि १५० मिटर माथि पानीको ट्याङ्कीमा मृत अवस्थामा फेला परेकी हुन् ।
ती बालिका बुधबार बिहानदेखि हराएकी थिइन् । बाबुआमाको परिचय नखुलेकी ती बालिकालाई गुरुङले पाँच वर्षको उमेरदेखि धर्महुन्छ भन्दै पाल्दै आएका थिए ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
