
लेखनाथ । लेखनाथ पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको लेखनाथ पत्रकारीता पुरस्कार यो वर्ष नेपाल टेलिभिजनका कास्की रिपोटर पशुराम शर्मा आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ ।
लेखनाथ पत्रकार मञ्चले गठन गरेको पुरस्कार छनोट समितिको सुक्रवार बसेको बैठकले पत्रकार आचार्यलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा वि स २०२४ सालमा जन्मिएका आचार्यले वि स २०५० साल देखि दाङबाट पत्रकारीता सुरु गरि विस २०५३ साल देखि नेपाल टेलिभिजनमा नियमित रुपमा काम गर्दै आएका छन् ।
पुस १५ गते कविशिरोमणी लेखनाथ पौडेलको १३७ औं जन्मजयन्तीका अवसरमा अर्घौ अर्चलमा हुने मुल समारोहमा उत्त पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । पुरस्कारको राषि ११ हजार एक सय ११ रुपियाँ रहेको छ ।
वि सं २०७३ साल देखि नियमित रुपमा प्रदान गरिँदै आएको उक्त पुरस्कार यस अघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बशन्तराज अधिकारी र वाशुदेव पौडेलले पाईसकेका छन् ।
पुरस्कार छनोट समितिको संयोजकमा मञ्चका अध्यक्ष भिमपाणी बराल रहेका थिए भने समितिको सदस्यमा सल्लाहकारहरुको तर्फबाट भरत तिवारी, लेखनाथ उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य भरतराज ओझा, पूर्व पुरस्कृत व्यक्तिहरु मध्यबाट रामप्रसाद तिमिल्सेना र सदस्य सचिवमा मञ्चका सचिव विष्णुहरी पौडेल रहेका थिए ।
कवि शिरोमाणि लेखनाथ पौडेलको १३७ जन्मजयन्ती समारोह यहि पुस १३ गते अर्घौचोकमा रहेको प्रतिमा सरसफाई, १४ गते कविको घरको सरसफाई र पुस १५ गते मुल समारोह गर्ने कार्यक्रम तय गरिएको छ ।
