खुल्ने भयो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल

Share:

पोखरा । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को प्रक्रिया खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै कोरोना भाइरसको जोखिमका कारण रोकिएको लाइसेन्स प्रक्रिया पुष १४ गते बाट खुला गर्ने जनाएको हो ।

विभागले लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला गर्न लागिएको जनाएको हो ।

कोरोना महामारी सुरू भएपछि विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा स्थगित गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: