आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशका केही स्थानमा आंशिक बदली भए पनि देशका अन्य क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले बिहान बाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति प्रदेश नं १ को पहाडी भ–भागमा आंशिक बदली रहि अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

कमेन्ट गर्नुहोस्
Share: