
पोखरा । छिमेकी देश भारतमा गत २४ घण्टामा थप २० हजार ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख ८ हजार ७२५ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म भारतमा ९७ लाख ८१ हजार ९४५ जना निको भएका छन् । गत २४ घण्टामा २१ हजार ९७ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २८१ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ९४० पुगेको छ ।
हाल भारतमा २ लाख ७८ हजार ८४० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डाेमिटर्सले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
