कास्कीका ३१ सहित गण्डकीमा थप ४४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ३१ सहित गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार हालसम्म जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ८ वटा जिल्लाका ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै ३१ जना रहेका छन् । ती मध्ये मादी गाउँपालिकाका एक जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, तनहुँका ४ जना, बाग्लुङ, म्याग्दी र स्याङ्जाका २/२ जना तथा लमजुङ, पर्वत र नवलपुरका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.३ का ५७ वर्षीय पुरुष, वडा नं.४ का ४१, २९, ५० र ७४ वर्षीय पुरुष, वडा नं.५ का ३१ र ६५ वर्षीय पुरुष, वडा नं.६ का ५० र ३२ वर्षीय पुरुष तथा २३–२३ र ३५ वर्षीया महिला, वडा नं.१० का ८२, ४७ र ५७ वर्षीया महिला, वडा नं.१२ की ४१ वर्षीया महिला, वडा नं.१३ का ७१ वर्षीय पुरुष तथा ३५ वर्षीया महिला, वडा नं.१४ की २० वर्षीया महिला, वडा नं.१५ का ३२ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं.१७ का ५५ वर्षीय पुरुष तथा ४५ र ६७ वर्षीया महिला, वडा नं.१९ का ४० वर्षीय पुरुष, वडा नं.२५ की ७१ वर्षीया महिला, वडा नं.२६ का ६३ वर्षीय पुरुष तथा ६२ वर्षीया महिला, वडा नं.३२ का ३५ र ३६ वर्षीय पुरुष, मादी गाउँपालिका वडा नं.११ की ३३ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

तनहुँ शुक्लागण्डकी वडा नं.६ की ३८ वर्षीया महिला, वडा नं.१० का ३७ वर्षीय पुरुष, भिमाद वडा नं.२ का ५५ वर्षीय पुरुष, रिसिङ वडा नं.२ का ३६ वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.९ का ४२ वर्षीय पुरुष, वडा नं.१४ का २९ वर्षीय पुरुष, म्याग्दी बेनी वडा नं.६ का ३८ र ४६ वर्षीय पुरुष, स्याङ्जा पुतलीबजार वडा नं.३ का ५१ वर्षीय पुरुष, वडा नं.६ का ७७ वर्षीय पुरुष, लमजुङ मस्र्याङ्दी वडा नं.९ की ३३ वर्षीया महिला, पर्वत जलजला वडा नं.६ का ३८ वर्षीय पुरुष एवं नवलपुर मध्यविन्दु वडा नं.५ का ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ४२१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: